रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता सर्वसाधारण कित्ता शेयर (आईपीओ) जारी गर्ने भएको छ।
प्रतिकित्ता रू १ सयका दरले ६३ करोड रूपैयाँको आईपीओ जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको हो। कम्पनीले आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब रूपैयाँ र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको जनाएको छ।




0 Comments