विज्ञापन

गजल


- नरहरी बानियाँ

नसोचेको पर्‍यो फेला जिन्दगानीमा,
त्यसले पनि गर्‍यो हेला जिन्दगानीमा।

परिश्रम त गरेकै हुँ भ्याएसम्म मैले,
हेर मेरा हातका ठेला जिन्दगानीमा ।

पुल बनी वारिबाट पारि पुर्‍याइदिएँ,
आज उसले भन्यो चेला जिन्दगानीमा ।

लडेको थेँ उठ्नलाई कोशिस गर्दै थिएँ,
रमितेको लाग्यो मेला जिन्दगानीमा ।

आफू सबै रित्तिएर अरुलाई भरें,
कठै! कसले भनिदेला जिन्दगानीमा।
                               
                                                     - रुकुम पश्चिम


Post a Comment

1 Comments