- नरहरी बानियाँ
त्यसले पनि गर्यो हेला जिन्दगानीमा।
परिश्रम त गरेकै हुँ भ्याएसम्म मैले,
हेर मेरा हातका ठेला जिन्दगानीमा ।
पुल बनी वारिबाट पारि पुर्याइदिएँ,
आज उसले भन्यो चेला जिन्दगानीमा ।
लडेको थेँ उठ्नलाई कोशिस गर्दै थिएँ,
रमितेको लाग्यो मेला जिन्दगानीमा ।
आफू सबै रित्तिएर अरुलाई भरें,
कठै! कसले भनिदेला जिन्दगानीमा।
- रुकुम पश्चिम



1 Comments
sundar gajal. keep it up.
ReplyDelete