भारतमा एकैदिन करिब ५० हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।
गएको २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। योसँगै भारतमा कोरोना सङ्क्रमितको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ।
तीमध्ये चार लाख ८५ हजार ११४ जना सक्रिय सङ्क्रमित रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ७०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको छ।
सबैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित छन्। त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन्।



0 Comments