विज्ञापन

प्रचण्डको निजी सचिवालयद्वारा जनार्दन शर्माको बचाउ



काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा पार्टी एकताको पक्षमा रहेको भन्दै शर्माको बचाउ गरेको छ ।

यस सम्बन्धमा पार्टीका प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य नै जारी गरेका छन्। वक्तव्यमा उनले पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरूमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ। अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको हो ।


Post a Comment

0 Comments