म लडिरहन्छु हारेको छैन,
सीमाको खम्बा सारेको छैन ।
देश अर्कै तर मान्छे उस्तै,
त्यसैले साँधमा बारेको छैन।
सँगैसँगै खाई खेली हुर्क्यौं
भातृत्व कैल्यै मारेको छैन ।
आत्मरक्षाको लागि लडेता पनि,
सह-अस्तित्व नकारेको छैन।
विविधता र वैदिकताको देश यो
छिन्नभिन्न कवै पारेको छैन।।
- सबिना बराल




0 Comments