बुटवल, २६ असोज । रुपन्देहीमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेकाे कोरोना बिशेष अस्पतालमा उपचाररत देवदह नगरपालिका-१० का ७९ वर्षीय बृद्ध पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गाैतमले बताए ।
असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते कोरोना बिशेष अस्पताल भर्ना भएका थिए ।ती बृद्धकाे भेन्टिलेटरको सहयोगमा उपचार भइरहेकामा साेमबार बिहान ७ः३० बजे उनको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
याेसँगै रुपन्देहीमा कोरोना संक्रमित ४० जनाकाे मृत्यु भएकाे छ ।




0 Comments