विज्ञापन

मंगलबार देशभर १०६९ संक्रमित थपिए


पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा परीक्षण गर्दा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४८१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरूमा काठमाडौंका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुुुुुसार हालसम्म कुुल २२ हजार १७८ जना डिस्चार्ज भएका छन् । देशभर १८ हजार ११२ रहेको छ ।

Post a Comment

0 Comments