विज्ञापन

एकैदिन १२२१ जनामा संक्रमण पुष्टि, उपत्यकामा ४२९




काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको नमूना परीक्षण गरिएकोमा १२२१ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

कोभिड-१९ को संक्रमणबाट हालसम्म २ सय २१ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये २० हजार ८२२ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै २ सय ६७ जनाले कोरोनालाई जितेर घर फर्केका छन्।

काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरूमा काठमाडौं जिल्लाबाट ३७२ जना, भक्तपुरका ४५ र ललितपुरका १२ जना रहेका छन्।


Post a Comment

0 Comments