विज्ञापन

विराटनगरका छ जना पत्रकार कोरोनामुक्त


विराटनगर, ४ भदौौ । विराटनगरका छ जना पत्रकार कोरोनामुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरू कोरोना मुक्त देखिएका हुन्।

कोरोना जित्ने पत्रकारहरूमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरू मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त भएका हुन्।

पाँच जना मध्ये दुई जना होम आइसोलेसनमा बसेर उपचार गरेेेका थिए भने चार जना बैजनाथपुर स्थित आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरेेेका छन् ।

बैजनाथपुरस्थित आइसोलेसनमा रहेका पत्रकारहरूलाई  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरेेेका छन्। १३ दिनअघि उनीहरूमा काेराेना संक्रमण रहेकाे पृष्टि भएकाे थियाे।

Post a Comment

0 Comments