विज्ञापन

बञ्चरोको बिँड प्रहार गरी हत्या


रोल्पा ११ भदौ । परिवर्तन गाउँपालिका बागमरामा बञ्चरोको बिँड प्रहार गरी एक जनाको पुरुषको हत्या भएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्त शंकर खड्काका अनुसार परिवर्तन गाउँपालिका–३ बागमाराका ४४ वर्षका रामचरण बादीले बन्चरोको बिँड प्रहार गरी सोही ठाउँ बस्ने ४० वर्षका मनबहादुर बादीको हत्या गरेका हुन् । 

हत्या आरोपी


आज राती करिब २ बजे ढोका ढक्ढकाएपछि ढोका खोलेर किन बोलाएको भनेर सोध्ने क्रममा रामचरणले एक्कासी टाउकोमा बन्चोरोको बिँड प्रहारी गरी मनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याइँदै छ भने हत्यामा संलग्न रामचरणलाई राती नै पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन्  ।

Post a Comment

0 Comments