विज्ञापन

शुक्रबार देशभर ८३८ संक्रमित थपिँदा उपत्यकामा १८२ जना


काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जना संक्रमित थपिएका छन्। १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८२ संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ४२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा १५ जनामा संक्रमण देखिएको हो।

Post a Comment

0 Comments