भारत, ४ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ५२ जना संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन पुष्टि भएको सर्वाधिक संख्या हो। यससँगै भारतमा कुल संक्रमितको संख्या २८ लाख ३६ हजार ९२५ पुगेको छ।
बितेको २४ घण्टामा भारतमा ९७७ जनाको मृत्यु भएको पनि त्यहाँको संघीय स्वास्थ्य मन्त्रीले जानकारी दिए। हालसम्म भारतमा कोभिड-१९ को संक्रमणको कारण ५३ हजार ८६६ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये २० लाख ९६ हजार ६६४ जना निको भएका छन् जुन कुल संक्रमितको ७३ दशमलव ९० प्रतिशत हो।
भारतमा बुधबार एकैदिन हालसम्मकै सबैभन्दा बढी ९ लाख १८ हजार ४७० जनाको कोरोना परीक्षण गरिएको थियो।




0 Comments