विज्ञापन

मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ७ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्। २३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइशोलेसनमा राखिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज कैलालीका ३२ जनामा समेत कोरोना पुष्टि भएको छ।

सवारी चालकमा कोरोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन्। "चालकमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ सेल्फ आइशोलेसनमा बस्नुभएको छ।" मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने, "स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ।"

मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी छ।



Post a Comment

0 Comments