विज्ञापन

फुस्रे क्याम्पका१२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि



धरान, १४ भदौ । धरान १३ स्थित नेपाली सेनाको फुस्रे क्याम्पमा कार्यरत १२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब लिइएका १४ जना मध्ये १२ सैनिकमा काेराेना संक्रमण पुष्टि  भएकाे धरान उपमहानगर पालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनीहरूको शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो । 

स्वास्थ्य महाशाखाका अनुसार कोरोना पोजेटिभ आएका सैनिकहरूमा ३४ वर्षका ५ जना छन् भने ३० वर्षका २ जना छन् । यस्तै, अन्य ३५ वर्ष, ३६ वर्ष, २६ वर्ष, २३ वर्ष र ३१ वर्षका सैनिकहरू छन् ।

Post a Comment

0 Comments