विज्ञापन

देशभर थप ८९९ जनामा कोरोना संक्रमण

 


पछिल्लो २४ घण्टामा देशभर ८९९ जना कोरोना संक्रमित  थपिएका छन् । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै संक्रमित हुनेको कुल संख्या ३९ हजार ४६० पुगेको छ । संक्रमितहरूमध्ये २२८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना संक्रमित थपिएका छन्। उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना रहेका छन् ।

यसैैैैगरी सर्लाहीमा १०३ जना, चितवनमा ७१, मकवानपुरमा ४२, सुर्खेतमा ३८, पर्सामा ३४, धनुषामा ३१, तनहुँमा २६, सुनसरीमा २५, बारा र अछाममा २३/२३ जना, सप्तरीमा २२, मोरङमा १९, कैलालीमा १६, बाँकेमा १४, काभ्रे र गोरखामा १३/१३ जना र रुपन्देहीमा ११ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, संखुवासभा र नवलपुरका ९/९ जना, सिन्धुली र कञ्चनपुरका ७/७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५/५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Post a Comment

0 Comments