विज्ञापन

बुधबार रातिदेखि उपत्यकामा एक साता निषेधाज्ञा लागू हुने


काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि बुधबारदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरिने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। निषेधाज्ञा लागू भएपछि अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन। 

बैठकले खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा बाहेकका सवारी संचालनमा निषेध गर्ने पनि निर्णय गरेको छ। भदौ १० गतेसम्म उपत्यकामा सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिएको छ।



Post a Comment

0 Comments