काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा मंगलबार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।
उपत्यकामा थपिएका संक्रमितहरूमा काठमाडौं जिल्लाका १ सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन्। यसअघि सोमबार उपत्यकामा काठमाडौंका १७७, ललितपुरका ३३ र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा देशभर ८५५ जना संक्रमित थपिएका छन्।




0 Comments