धरान, १४ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै धरान १७ का एकै परिवारका सदस्य हुन् । मृतक दुवै जना रेल्वे चोकमा बस्ने सौतेनी आमा-छोरा भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
एक जना ७४ वर्षीया वृद्धा हुन् भने अर्का मृतक ६० वर्षीय वृद्ध पुरुष हुन् । वृद्धाको हिजो आज बिहान साढे ८ बजे मृत्यु भएको हो । उनलाई हिजो राती ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धालाई मधुमेह, उच्च रक्तचापको पनि समस्या थियो ।
यसैगरी, अर्का निधन भएका वृद्धको आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनलाई पनि हिजो राती नै प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको पनि पीसीआर रिपोर्ट हिजो नै पोजेटिभ आएको हो । मृतकलाई मधुमेहको समस्या भएको र २ महिनादेखि कलेजको पनि समस्या देखिएको थियो ।




0 Comments