विज्ञापन

सोमबार देशभर ७४३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

 

काठमाडौं, ८ भदौ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। बितेको २४ घण्टामा देशभरबाट १७५ जना संक्रमणमुक्त भएर घर फर्केका छन्। यससँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ।

यसैगरी, काठमाडौं उपत्यकामा २ सय २४ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै गएको २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन्। यससँगै हालसम्म कोरोनाबाट ज्यान जानेहरूको संख्या १५७ पुगेको छ।

Post a Comment

0 Comments