काठमाडौं, ११ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका तीन जिल्लामा ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना रहेका छन्।
यसअघि बुधबार एकैदिन काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।




0 Comments