विज्ञापन

विराटनगरमा निजीस्तरको कोभिड अस्पताल संचालन

 


विराटनगर, १२ भदौ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।  

सुविधासम्पन्न न्यूरोको कोभिड अस्पतालको सामाजिक विकासमन्त्री जीवन घिमिरेले निरीक्षण तथा उद्घाटन गर्नुभएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने उदेश्यले पहिलो पटक विराटनगरमा संचालित नीजिस्तरको अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

न्यूरोको कोभिड अस्पतालमा जनरल ४२, आईसीयू ७ र भेन्टिलेटर २ शैय्या रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । न्यूरोको कोभिड अस्पतालमा  लक्षणसहितका संक्रमितहरुले उपचार गरिने भट्टराईको भनाइ छ ।

प्रदेश एकमा पछिल्ला दिनमा कोरोना संक्रमितहरुको संख्या बढेसगै  कोभिड अस्पतालमा शैय्या अभावका कारण संक्रमितहरुको उपचामा समस्या हुँदै आएको थियो । न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन गरेर विराटनगरमा सबैभन्दा पहिले कोरोना संक्रमितको उपचार गरेको थियो ।

विराटनगरमा यसअघि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ६० शैय्याको आईसोलेशन सञ्चालन गरिसकेको छ । कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल यासटिकमा पनि ६० शैय्याको आईसोलेशन तयार पारिएको थियो ।

Post a Comment

0 Comments