विज्ञापन

मोहना नदीमा हराइरहेका दुईजनाको शव भेटियो

कैलाली, २० साउन । मोहना नदीमा नुहाउने क्रममा आइतबारदेखि हराइरहेका दुईजनाको शव मंगलबार फेला परेको छ ।

दुई दिनअघि पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज फेला परेको हो ।

उनीहरूको शव बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।


Post a Comment

0 Comments