विज्ञापन

हेटौंडामा भदौ १५ सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय


हेटौंडा, ८ भदौ । मकवानपुरको हेटौँडामा आगामी भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ । आज हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

साउन २६ गतेबाट शुरु भएको निषेधाज्ञा भदौ ९ गतेसम्म कायम थियो । आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

कोरोनाको जोखिम अझै नघटेको र कोरोना संक्रमितहरूसँग सम्पर्कमा आएकाहरूको अझैपनि स्वाब परीक्षण नसकिएको कारण पनि १५ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । निषेधाज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रहरू रहनेछन् ।

Post a Comment

0 Comments