विज्ञापन

गौहत्याको विषयलाई लिएर झापामा तनाव, १ जनाको मृत्यु



झापा, १० भदौ । गौहत्याको विषयलाई लिएर झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ। झडपमा एक जना स्थानीयको मृत्यु भएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागी कामाटोलीका ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको हो। गोली लागेर घाइते भएका उनलाई उपचारका लागि विर्तामोडस्थित बिएमसी अस्पताल लगिएको थियो। अस्पतालमै उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले बताए।

घटनामा सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ । स्थिति तनावग्रस्त बनेपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरूले टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । कामाटोली झापाको मुसलमान बाहुल्य क्षेत्र हो ।

गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले जानकारी दिए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले हवाई फाइरिङ गरेको पनि बताए ।

Post a Comment

0 Comments