हेटौंडा, १२ भदौ । कोभिड-१९ अर्थात् कोरोना भाइरसको संक्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत हेटौंडा उपमहानरपालिका वडा नंबर १९ की ७१ वर्षीया महिलाको संक्रमणको कारण मृत्यु भएको हो ।
उनलाई भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्याइएको र परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।




0 Comments