विज्ञापन

हेटौंडाका थप ४५ जनामा कोरोना पोजेटिभ

 




हेटौंडा, १० भदौ । मकवानपुरको हेटौँडाबाट संकलन गरी परीक्षण गरिएको १ सय ४३ वटा स्वाब मध्ये ४५ जनाको रिर्पोट पोजेटिभ आएको छ । 

संकलित स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको थियो।  कुल १ सय ४३ स्वाबमध्ये ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौँडाबाट मकवानपुरसहित अन्य जिल्लाको गरी कुल ५ सय जनाको स्वाब धुलिखेल पठाइएको थियो । 

हेटौंडामा बुधबार एकैदिन संक्रमित हुनेमा सबैभन्दा बढी वडा नं ५ का छन्। संक्रमित हुनेमा हेटौंडा-१ र हेटौंडा-९ का ३/३ जना, हेटौंडा-२ का २ जना, हेटौंडा-४ र हेटौंडा-१० का ५/५ जना, वडा नं ५ का १२ जना, हेटौंडाका वडा नं ६, ७, ८, १३, १४ र १७ का १/१ जना, हेटौंडा-११ का ६ जना, हेटौंडाकै वडा नम्बर नखुलेको १ जना, धनुषा र रौतहट ठेगाना भएका हेटौंडाका २ जना रहेका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका सूचना अधिकारी हरि बिष्टले जानकारी दिए।

Post a Comment

0 Comments