नेपालगञ्ज, २७ साउन । बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातिसम्म बढाइएको छ।
निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोक, बाँकेगाउँ, बसपार्क क्षेत्रमा लगाइएको सिल भोलि हट्ने निर्णय गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो।
बाँकेमा १७ गते रातिदेखि निषेधाज्ञा जारी छ। दैनिक संक्रमितको संख्या बढिरहँदा निषेधाज्ञालाई तीन/तीन दिन गर्दै बढाइएको छ।




0 Comments