भक्तपुर, ६ भदौ । भक्तपुरमा आज २० सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चाँगुनारायण नगरपालिका दुवाकोटस्थित गुहेश्वरी गणका २० जवान सशस्त्र प्रहरीमा कारोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन् ।
त्यस्तै मध्यपुर थिमीका १५ जना, भक्तपुर नगरपालिकामा ८ जना र सुर्यविनायक नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख मिजारले जानकारी दिए ।
दुई जना भने पहिला कै संक्रमितहरूको दोस्रो पटक परीक्षण गर्दा पोजेटिभ आएको हो । उनका अनुसार आज देखिएका संक्रमितमा ११ महिला र ३९ पुरुष रहेका छन् ।




0 Comments