काठमाडौं, २१ साउन । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका उत्कृष्ट सात पुस्तकको नाम सार्वजनिक गरेको छ। गुठीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्राप्त भएका १ सय ५१ पुस्तकमध्येबाट सातवटा पुस्तक उत्कृष्ट ठहरिएको जनाएको छ।
मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको 'जोकरको बन्दुक', तीर्थ श्रेष्ठको 'धर्सैधर्साको चक्रव्यूह', भुवन ढुङ्गानाको 'परित्यक्ता', योगी धर्ममहारसको 'महारसनिघण्टु (१-३)', ललित बिष्टको 'मोहपथ', शारदा शर्माको 'यात्रामा' र चन्द्रप्रकाश बानियाँको 'महारानी' रहेका छन्।
उत्कृष्ट ठहरिएका यिनै सात कृतिमध्येबाट सर्वोत्कृष्ट एक कृतिलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार नेपालको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ भने यसको राशी ४ लाख रूपैयाँ छ।





0 Comments