वीरगञ्ज, २६ साउन । निषेधाज्ञा उलंघन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का तीन जना नेता कार्यकर्ता पक्राउ परेका छन् । नेपाल विद्यार्थी संघ विकास तिवारी समूहका सभापति तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज साह पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।
पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको सभापति तिवारीले जानकारी दिए ।
‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जना जतिको ज्यान गइसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ ।’ उनले भने ‘ त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’
प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरूलाई पनि चोट लागेको तिवारीले बताए ।
नारायणी अस्पताललाई जेनरल सेवा सुविधा सहित सर्वसाधारणलाई खुल्ला गरियोस्, अस्पतालहरूले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरूलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दोषी अस्पताललाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा हातमुख जोड्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरू जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।
प्रशासन कार्यालय मार्फत स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेपनि उनीहरूले प्रमुख जिल्ला अधिकारीसँग समय भने नलिएको प्रशासन स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका समूहका तीन जनालाई नियन्त्रणमा लिएको बताए । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रशासनबाट जारी निषेधाज्ञा उलंघन गर्दै ठूलो संख्यामा भेला भएकोले उनीहरूलाई तितरबितर पार्न लाठिचार्ज समेत गर्नुपरेको उनको भनाइ छ ।
‘कोरोनाका कारण अहिले ठूलो संख्यामा मानिस एकै ठाउँमा भेला हुने बेला छैन । ज्ञापनपत्र बुझाउनु छ भने पनि समय लिएर एक दुई जना जानुपर्छ ।’ उनले भने "२०/२५ जना जम्मा भएकोले भीडको नेतृत्व गर्ने तीन जनालाई पक्राउ गर्नुको साथै भीडलाई तितरबितर बनाउन सामान्य लाठिचार्ज गरेका हौं ।"
ज्ञापन पत्र यस्तो छ :






0 Comments