विज्ञापन

सज्जा चौलागाईँले जितिन् नेपाल आइडल सिजन-३ को उपाधि

 


काठमाडौं, १२ भदौ । चर्चित रियालिटि शो नेपाल आइडल तेस्रो सिजनको विजेता सज्जा चौलागाईं बन्न सफल भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना गरिएको गायन रियालिटी सो ‘नेपाल आइडल ३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिएको हो । फस्ट रनर अप प्रविण बेडवाल घोषित भए भने सेकेन्ड रनरअप किरणकुमार भुजेल भए।

विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट सज्जा चौलागाईं तेस्रो नेपाल आइडल घोषणा भएकी हुन । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी शो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन भएका हुन्। विजेता सज्जा चौलागाईँले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेेेेकी छिन्। यसैगरी फस्ट रनरअप बेडवालले १० लाख र सेकेन्ड रनरअप भुजेलले पाँच लाख नगद प्राप्त गरेेेेका छन्। 


कोरोना महामारीको कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो। कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।

यसअघि  सिजन एकमा बुद्ध लामा र सिजन दुईमा रवि ओडले नेपाल आइडलको यो उपाधि चुमिसकेका छन्।

Post a Comment

0 Comments