विज्ञापन

नेपालमा ६४१ संक्रमित थपिए, उपत्यकामा मात्रै १७२ जना


काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ कोरोना संक्रमित थपिएका छन्।

देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ४७ नमूना परीक्षण गरिएकोमा ६ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै देशभर संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। संक्रमितमध्ये १ सय ४ जनाको मृत्यु भएको छ भने १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरूमा काठमाडौं जिल्लाका १२६ जना, ललितपुरका ३८ र भक्तपुरका ८ जना रहेका छन्। यसैगरी आजै मोरङ जिल्लामा पनि १ सय जना संक्रमित थपिएका छन् भने बारामा ७८, पर्सामा ७४, रुपन्देहीमा ४८, धनुषामा ३७ र चितवनमा २७ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, रौतहटमा १४, सप्तरी र कास्कीमा ११/११ जना, बाँकेमा १० जना, नवलपरासी र महोत्तरीमा ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङमा ४, कैलाली, बर्दिया र सिरहामा ३/३, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, पर्वत, झापा, बागलुङ, लमजुङ, ताप्लेजुङ र मकवानपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

Post a Comment

0 Comments