काठमाडौं, १९ साउन । गएराति सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। २ जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएकाहरूमध्ये एकजनालाई प्रहरीले जीवितै उद्धार गरेको छ।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा राति २ बजेतिर भीषण वर्षापछि गएको पहिरोमा कभर्ड हल निर्माणमा खटिएका मजदूररू पुरिएका हुन्। मेलम्ची नगरपालिकाले निर्माण गरिरहेको कभर्ड हलको निर्माण कार्यमा खटिएका ती मजदुरहरूलाई राति आएको पहिरोले बगाएको थियो।
करिब ३ बजेतिर घटनास्थलमा प्रहरीहरू उद्धारका लागि खटिएका थिए। तीन घण्टाको निरन्तर प्रयासपछि एकजना भारतीय नागरिकलाई जीवितै उद्धार गरी प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको वडा नं ११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए।
नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालका अनुसार पहिरोमा आठ जना मजदुर पुरिएका थिए। खोजी प्रयासपछि ६ जनाको शव निकालिएको छ। दुई जनालाई अझै पनि निकाल्न नसकिएको उनको भनाइ छ। उद्धारका लागि नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन्।





0 Comments