नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमूना परीक्षण गरिएकोमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । संक्रमित हुनेहरूमा काठमाडौंबाट २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना रहेका छन् ।
यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । कोरोनाको कारण हालसम्म १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ।



0 Comments