विज्ञापन

प्रदेश नं १ मा अहिलेसम्मकै धेरै संक्रमित

मोरङ, २७ साउन । प्रदेश नं. १ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९८ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ तथा इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ र महिला ५ पुरुष, धरानमा २ महिला र २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला र १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । मंगलबार १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Post a Comment

0 Comments