विज्ञापन

पछिल्लो २४ घण्टामा थपिए ७०७ संक्रमित


काठमाडौं, ४ भदौ । बिहीबार देशभर ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । संक्रमितमध्ये बितेको २४ घण्टामा २ सय ६४ जना निको भएर घर फर्केका छन्। कोरोनाको कारण अहिलेसम्म १ सय २६ जनाले ज्यान गुमाएका छन्। हाल देशभर ११ हजार ५ सय ५५ सक्रिय संक्रमित छन्  भने १७ हजार ९ सय ६४ जना संक्रमणमुक्त भइसकेका छन्। 

काठमाडौं उपत्यकामा मात्रै बिहीबार २ सय संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा १७४ जना, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार ८सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। योसँगै देशमा कुल ५ लाख ६५ हजार बढीको पीसीआर परीक्षण सम्पन्न भएको छ।

Post a Comment

0 Comments