विज्ञापन

दाङमा एक साताका लागि पूर्ण लकडाउनको घोषणा

 


दाङ, १२ भदौ । दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । 

घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन गरिने लागिएको हो ।

आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले आइतबार १४ गते राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । 

लकडाउन अवधिमा अत्याश्यक बाहेक सेवाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रीजालले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्न बजारहरू पूर्ण रुपमा बन्द हुने भएका छन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न पाउने छैनन् ।

यस्तै बैठकले जिल्लामा आरटी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय समेत गरेको छ । परीक्षण रिपोर्ट हेरेर जिल्लामा लकडाउनको अवधि थप गर्ने नगर्ने निर्णय हुने प्रजिअ रीजालले बताउनुभयो ।

समुदाय स्तरमा कोरोना संक्रमण फेला परेपछि घोराहीको नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल सील समेत गरिएको छ ।

Post a Comment

0 Comments