विज्ञापन

समुदायस्तरमा स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि

 


गुल्मी, १४ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुसिकोट नगरपालिकामा गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परीक्षणका लागि १ सय २५ जनाको स्वाव सकंलन गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पहिलो पटक समुदायस्तरमा कारोना संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये एकै परिवारका ३ जना ७३ वर्षीय १ पुरुष , ३२ वर्षीया १ महिला र ३ वर्षीया १ बालिका रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । एक जना ४० वर्षिया महिला स्वास्थ्यकर्मी र एक जना २५ वर्षिय पुरुष सहित ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । 

संक्रमित परिवारसहित एक जना भरतपुर अस्पतालबाट फर्केर १० दिन अगाडि क्वारेन्टिनमा बसेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना संक्रमण भेटिएसँगै २०० जनाको कन्ट्रयाक्ट ट्रेसिङ्गको काम भैरहेको छ । कोरोनाको सक्रंमण देखिएसगैं वडा नं ६ र स्वास्थ्यचौकीलाई सील गरिएको छ ।

नगरपालिकाले समुदायस्तरमा गरेको कोरोना परीक्षणको रिपोर्टमा समुदायस्तरमा वडा नं ६ स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मी सहित अन्य ४ जनामा सक्रंमण देखिएपछि शनिबार राति १२ बजेदेखि वडा नं ६ र उक्त स्वास्थ्यचौकी सील गरिएको नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत भण्डारीले जानकारी दिए ।

त्यस्तै वडाभित्र आन्तरिक एवम् छोटो दुरीका सवारीसाधन पूर्ण रुपमा प्रतिबन्ध लगाउने, हिँडडुलमा रोक लगाउने बैंक तथा वित्तीय र अन्य सामुदायिक संस्थाहरूमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने र होटल र अन्य सम्पूर्ण व्यापार व्यवसायलाई बन्द गर्ने तथा खेल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरिएको छ  ।

Post a Comment

0 Comments