वीरगञ्ज, १५ भदौ । पर्सामा थप ३२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा आइतबार राति गरिएकाे परीक्षणमा पर्साका थप ३२ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।
संक्रमित हुनेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे ९ जना र वीरगंज महानगरपालिकाकाे २३ जना रहेकाे प्रवक्ता डा. चाैरसियाले बताए ।
उनका अनुसार कालिकामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीका ४ जना, वडा नं. ३ हरिहरपुरका एक जना र वडा नं. ४ प्रशुरामपुरका ४ जना संक्रमण देखिएकाे छ । कालिकामाई एक सय २२ जनाकाे स्वाबकाे नमूना परीक्षण गर्दा एक महिलासहित ९ जनामा संक्रमण देखिएकाे हाे ।
कालिकामाईकाे संक्रमितकाे सिटी भ्यालु १८ देखि २९ सम्म रहेकाे नारायणी अस्पतालका प्रवक्ता डा. चाैरसियाले जानकारी गराए । यस्तै संक्रमित हुनेमा जिराभवानी गाउँपालिकाकाे वडा नं. २ का २ जना, वीरगंज महानगरपालिकाकाे वडा नं. २, २० का २-२ जना, वडा नं. ५, ६, १३, १५ का १-१ जना र सबै भन्दा बढी वडा नं. ११ का १२ जना रहेका छन् ।
नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परीक्षणमा बाराका ४ र सर्लाहीका एक जनामा पनि संक्रमण फेला परेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए । आइतबार राती पर्सा, बारा र सर्लाहीका ४३६ जनाकाे स्वाबकाे नमूना परीक्षण गर्दा कुल ३८ जनामा संक्रमण फेला परेकाे चाैरसियाले जानकारी गराए । संक्रमित हुनेमा ८ महिला र ३० पुरुष रहेका छन् । संक्रमितहरू ६ बर्षदेखि ७० वर्षसम्मका रहेका चाैरसियाले बताए । संक्रमितहरूकाे सिटी भ्यालु १७ देखि ३२ सम्म रहेकाे प्रवक्ता चाैरसियाले जानकारी दिए ।




0 Comments