विज्ञापन

उपत्यकामा एक साता निषेधाज्ञा थप्न सिफारिस



काठमाडौं, ९ भदौ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी र उपत्यकाका मेयरहरूबीच बसेको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकले उपत्यकामा पर्ने तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा अर्को एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो। यद्यपि निषेधाज्ञा जारी राख्नेबारे ‍‍‍‍‍‍औपचारिक निर्णय भने नभइसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। उपत्यकाका सिडिओहरूले 'माथिको आदेश' कुरिरहेको एक अधिकारीले बताए।

उपत्यकाका मेयरहरूले एक साता निषेधाज्ञा कायम गरेको खण्डमा आइशोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढङ्गले संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण गर्न सकिने धारणा राखेको बैठकमा सहभागी एक अधिकारीले बताए।

उपत्यकाका तीनै जिल्लाका प्रमुखहरूले भदौ ३ गते मध्यरातीबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा घोषणा गरेका थिए। घोषित निषेधाज्ञा भोलि १० गते बुधबार सकिंदैछ।

Post a Comment

0 Comments