डोटी, २७ साउन । डोटीमा एउटा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा गएराति करिब १ बजेतिर घर भत्किँदा स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
लुहारकी ३५ वर्षीया श्रीमती विष्णा विक, ११ वर्षीय छोरा पारस, ७ वर्षीया छोरी सिरु र वर्ष ४ की छोरी जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहोराले जानकारी दिए।
घटनामा अन्य पाँच जना घाइते भएका छन्। घरमूली लोके लुहार, उनकी आमा ताना लुहार. एक छोरी र भेटघाटका लागि आएका लोकेकी सासुआमा र साला घाइते भएका हुन्। घाइतेहरूको स्वास्थ्य चौकी बाँझककानीमा प्राथमिक स्वास्थ्य उपचारपछि थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बोहोराले बताए।






0 Comments