विज्ञापन

सवारी पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

 


काठमाडौं, २८ साउन । गृह मन्त्रालयले सवारी पास वितरण नगर्न एवम् नगराउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी साउन २९ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास व्यवस्थालाई रोक्न पत्राचार गरेको छ। 

नेपाल सरकार मन्त्रिपरिषदले विभिन्न समयमा गरेको निर्णय तथा गृह मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा पास वितरण नगर्न सूचित गरिएको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सवारी सञ्चालन तथा आवतजावतमा कडाइ गरेको हो।



Post a Comment

0 Comments