विज्ञापन

सरकारले विद्यालय सञ्चालन कार्याढाँचा जारी गर्ने



सरकारले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्ने भएको छ। गत चैत्रदेखि बन्द अवस्थामा रहेका मुलुकभरका विद्यालयहरू सञ्चालन गर्नका लागि कार्यढाँचा जारी गर्न लागिएको बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा जारी गर्नेछ। भाद्र १ देखि विद्यालय भर्ना शुरु गर्ने निर्णय भने यसअघिको बैठकले गरेको थियो। अबउप्रान्त विद्यालय भवनमा क्वारेन्टिन तथा आइशोलेसन सञ्चालन नगर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

यसअघि क्वारेन्टिन र आइशोलेशन बनाई हाल सो प्रयोजनका लागि प्रयोगमा आउन छोडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी पठनपाठनका लागि योग्य बनाउने निर्णय समेत भएको प्रवक्ता खतिवडाले बताए। 

विद्यालय, विद्यालय हाताभित्र र विद्यार्थी आवागमनमा प्रतिकूल पर्ने गरी वा विद्यालय क्षेत्रको नजिक कोरोना रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारले निर्णय गरेको छ। विद्यालय, विद्यालय परिसरभित्र र विद्यार्थी आवगमनमा प्रतिकूल पर्ने वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड १९ र रोकथाम र नियन्त्रणसम्बन्धी कुनै पनि संरचना नबनाउने र गतिविधि नगर्ने पनि सरकारको निर्णय छ ।

यसका साथै प्रवक्ता खतिवडाले शैक्षिक सत्र २०७६/७७ का परीक्षाको बाँकी नतिजा प्रकाशन गर्ने, भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, पाठ्यपुस्तक उपलब्ध गराउने, कक्षागत विद्यार्थीको संख्या एकीन गर्ने र विद्यालयका शैक्षिक क्रियाकलाप सञ्‍चलानार्थ शिक्षकहरू अबिलम्ब विद्यालय पुग्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए ।

#विद्यालय  #कार्यढाँचा


Post a Comment

0 Comments