विज्ञापन

नेपालको राष्ट्रिय खेल 'भलिबल' र यसको हविगत


नेपालको राष्ट्रिय खेल भलिबल हो। यसअघि डण्डीबियो र कबड्डी खेललाई नेपालको राष्ट्रिय खेलको रूपमा जनसमुदायले मान्यता दिइएको भएपनि आधिकारिक वा वैधानिक रूपमा भने उक्त खेलले राष्ट्रिय खेलको मान्यता प्राप्त गरेको थिएन।

हाल भलिबलले भने राष्ट्रिय खेलको वैधानिक मान्यता प्राप्त गरिसकेको छ। नेपालको भू-बनोट र आवश्यक पूर्वाधारको हिसाबले पनि भलिबल राष्ट्रिय खेल हुन सुहाउँदो खेल हो। यस अर्थमा पनि आम-जनसमुदायले उक्त खेललाई रोजेको हुनुपर्दछ। 

सानो मैदानमा आउट-डोर गेमको रूपमा पनि खेल्न सकिने हुँदा अधिकांश पहाडी भूभाग रहेको नेपालका सबैजसो जिल्लामा यो खेल खेलिन्छ। तराईको समथर भूमिमा मात्र नभई पहाडका स-साना मैदानमा पनि खेल्न सकिने भएकोले पनि नेपालीहरूले यसलाई रोजाइमा पारेका हुन्। 

खर्चको हिसाबले पनि भलिबल त्यति महँगो खेल होइन। एउटा साधारण बल र एक थान नेट भएपछि जुनसुकै बेला जहाँसुकै पनि खेल्न सकिन्छ। शारीरिक हिसाबले पनि दुई टोली नेटको वारपार रहेर खेल्न सकिने हुँदा यो खेलमा भौतिक क्षति हुने सम्भावना पनि निकै न्यून रहन्छ। 

राष्ट्रिय खेल घोषित भइसकेको परिप्रेक्षमा हामी सबै नेपालीले भलिबल खेलप्रति गर्व गर्नुपर्दछ। तर राज्य र विभिन्न स्तरको सरकारले खेलप्रति खासै चासो नदिएको र लगानी शून्यप्रायः रहेको वर्तमान अवस्थामा चित्त बुझाउने स्थिति भने पक्कै छैन। सबै मिलेर समग्र खेलको उन्नयनमा लाग्नुको कुनै विकल्प छैन।

Post a Comment

0 Comments