विज्ञापन

इन्टर बराबरीमा रोकिएपछि लिग लिडर युभेन्ट्सलाई फाइदा




काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको इन्टरले एएस रोमासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । इन्टर रोकिँदा त्यसको फाइदा भने लिग लिडर युभेन्ट्सलाई पुगेको छ ।

रोमाको मैदानमा स्टेफान डे भ्रिजले १५औं मिनेटमा गोल गरेपछि इन्टरले खेलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा रोमाका लियोनार्दो स्पनिनाजोलाले बराबरी गोल फर्काउन पुगे । ५७औँ मिनेटमा हेनरिख मिखातर्याले गोल गरेसँगै रोमालले २-१ को अग्रता लियो ।

रोमा जित नजिक पुगेका बेला इन्टरले खेल सकिन दुई मिनेट अघि पेनाल्टी पायो र त्यसमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई पराजयबाट जोगाए । रोमाका गोलकर्ता स्पिनाजोलाले भिक्टोर मोसेसलाई फाउल गरेपछि इन्टरलाई पेनाल्टी दिइएको थियो ।

बराबरीपछि ३४ खेलबाट ७२ अंक जोड्दै इन्टर दोस्रो स्थानमै कायम छ । एक खेल कम खेलेको युभेन्ट्स ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । युभेन्सले आज राति चौथो स्थानको लाजियोसँग भिड्नेछ ।

उता ३४ खेलबाट ५८ अंक जोडेको रोमा पाँचौ स्थानमा यथावत छ ।

सिरी ए कै अन्य खेलमा नापोलीले उडिनेसीविरुद्ध २-१ को कमब्याक जित हात पारेको छ । जितपछि ३४ खेलबाट ५६ अंक जोड्दै नापोली छैटौं स्थानमा पुगेको छ । एसी मिलानसंग बराबरी अंक रहेपनि हेड टु हेडमा रोमा अगाडि रहेको हो ।

Post a Comment

0 Comments