विज्ञापन

यस वर्षको बालोन डि’ओर अवार्ड स्थगित



विश्व फुटबलको निक‌ै प्रतिष्ठित अवार्ड बालोन डि’ओर यस वर्ष स्थगित भएको छ । कोरोना भाइरस महामारीका कारण उचित अवस्थाको अभाव भएको भन्दै यस वर्षको बालोन डि’ओर स्थगित भएको फ्रान्स फुटबलले पुष्टि गरेको छ । 

फ्रान्सेली पत्रिका फ्रान्स फुटबलद्वारा हरेक वर्ष विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर प्रदान गर्दै आएको थियो । उक्त अवार्ड सन् १९५६ पछि हरेक वर्ष उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको थियो । 

कोरोनाका कारण फुटबलमा धेरै असर परेकाले कुनै पनि खेलाडीलाई अवार्ड नदिइने फ्रान्स फुटबलको प्रमुख सम्पादक पास्कल फेरेले पुष्टि गरेका छन् । “२०२० को बालोन डि’ओर संस्करण हुनेछैन । किनकि अध्यनपछि सबै शर्तहरू पूरा नहुने देख्यौं । र यस्तो अवस्थामा हामीले  एकल वर्ष अवार्ड प्रदान गर्न उचित ठानेनौ,” पास्कल फेरेले भने ।

बालोन डि’ओर अवार्डको ६४ वर्षे इतिहासमा अवार्ड स्थगित भएको यो पहिलो पटक हो । बालोन डि’ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् । त्यस्तै क्रिस्टियानो रोनाल्डोले ५ पटक उक्त अवार्ड जितेका छन् । ‍- एजेन्सी

Post a Comment

0 Comments