विज्ञापन

आमा


✍️ अभिनव बिष्ट

सहेर कष्ट आँशु पिएर
दुख र सुख साथै लिएर
हुर्कायौ हामीलाई ठूलो बनायौ
आफ्नो अमूल्य समय दिएर ।

लेक र बेसी घाँस र दाउरा
झरी र बादल केही नभनी 
आफू भोकै बसेर आमा
हाम्रो लागि भगवान बनी ।

पिलाई सन्तानलाई दूध दशधारा
देवी हुन् आमा सबको सहारा
सहन सक्ने धर्ती हुन् आमा
शीतलता दिने जून र तारा ।

प्रगति पथमा डोर्‍याउँदै लानी
ममतामयी मायाको खानी
प्रतिमूर्ति हुन् देवीकी आमा 
छातीमा रोपिएको भाला सहनी ।

दुष्मनसँग कहिल्यै नभागी
रक्षा सन्तानको गर्नका लागि
सिमानाको काँडेतार जस्तै
बस्छिन् आमा दिनरात जागी !

Post a Comment

1 Comments