विज्ञापन

हिमाल


 अभिनव बिष्ट

बिहान घाम झुल्केपछि सेता हिमाल हाँस्तछन्,
त्यही हिमालमुन्तिर डाँफे मुनाल नाच्दछन् ।

हिमाल हाम्रो शीर हो, हिमाल हाम्रो शान हो,
हिमाल हाम्रो गौरव, हिमाल हाम्रो मान हो ।

जब हिउँ टल्कन्छ अग्ला हिमाल पाखामा,
सजाएर राखूँजस्तो लाग्छ मलाई आँखामा ।

पूर्वदेखि पश्चिमसम्म मिलेको छ लहर,
हिरा-मोती मालाजस्तै देखिन्छ यो सुन्दर ।

हिमालसँग नेपालीको गहिरो यौटा नाता छ,
जहाँजहाँ नेपाली त्यहाँ सगरमाथा छ।
                        
रचना मिति - २०७३ आषाढ, ३ गते।

Post a Comment

0 Comments