झापा, ७ साउन । झापाको भद्रपुर नगरपालिका-२ महारानीझोडाका ५० वर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ। गजमेर मंगलबार दिउँसो देउनिया खोलाको किनारमा
मृत फेला परेका थिए।
घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यसैगरी, जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं ७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ। पहिरोमा परी थप ३ जना घाइते भएका छन्। मंगलबार राती साढे १० बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १५वर्षीय विवेक दर्नालको मृत्यु हुनाको साथै ७७ वर्षीया तिलमाया बराइली, २१ वर्षीयाकल्पना बराइली र १९ वर्षीया पृष्टिना बराइली घाइते भएका हुन्। घाइतेहरूको स्थानीयमेडिकलमा उपचार भइरहेको छ।
पहिरोले तेजकुमार बराइलीको घर पूर्ण रूपमा क्षति भएको तथा नजिकैका उच्च जोखिममा रहेका २ घर परिवारका मानिसलाई नजिकैको चर्चमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



0 Comments